२०८३, आश्विन २० गते

images
  • राजनीति
  • भारत र पाकिस्तानबीचको जारी तनावबारे बोल्यो...

भारत र पाकिस्तानबीचको जारी तनावबारे बोल्यो नेपाल [विज्ञप्तिसहित]

भारत र पाकिस्तानबीचको जारी तनावबारे बोल्यो नेपाल [विज्ञप्तिसहित]

बिहिवार, बैशाख २५ २०८२०८:२४
बिहिवार, बैशाख २५ २०८२०८:२४
  • images

    काठमाडौं । भारत र पाकिस्तानबिचको जारी तनावबारे नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले कुनै पनि आतंकवादी क्रियाकलापलाई साथ नदिने अडान समेत सार्वजनिक गरेको छ ।

    नेपाल आतंकवादका विरुद्धमा सधैँ उभिने भन्दै मित्रराष्ट्र भारतको पक्षमा सांकेतिक रुपमा ऐक्यबद्धता जनाएको छ । ‘यस सन्दर्भमा स्मरणीय छ कि नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरुपमा भत्र्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसंग मेल खान्छ । नेपाल आतंकविरुद्धको लडाइँमा सबैसंगै उभिएको छ। आफ्नो सिद्धान्तमा आधारित अडान अनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुस्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    त्यस्तै नेपाल तनाव न्यूनिकरण होस् भन्ने आशा राख्ने समेत बताइएको छ । ‘नेपालले तनावको न्यूनिकरण होस् भन्ने आशा राख्दछ र यस क्षेत्रको शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

    praa.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend