२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • प्ले-अफ चरणमा पुग्न आतुर बेंगलुरु र...

प्ले-अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै

प्ले-अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै

सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२११:०९
सीएनएन खबर
शुक्रवार, बैशाख २६ २०८२११:०९
  • images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरु आपसमा भिड्दै छन् । खेल लखनउस्थित इकाना स्टेडियममा नेपाली समय अनुसार, राति १९: ४५ बजे सुरु हुनेछ ।


    जारी आईपीएलमा खेल्न लागिएको यो ५९औं खेल हो। बेंगलुरु र लखनउ दुवैले आफ्नो १२औं खेल खेलन लागेका हुन् । यी दुवै टोली प्रतियोगिताको प्ले अफ चरणमा पुग्न सङ्‌घर्षरत छन् । तर, लखनउको तुलनामा बेंगलुरुको अगाडि बढ्ने सम्भावना बढी देखिन्छ ।

    लखनउ र बेंगलुरु दुवैले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् । त्यसैले यो सिजन यी दुवै टोली पहिलो उपाधिको खोजीमा छन् । बेंगलुरु हालसम्म तीनपटक आईपीएलको फाइनलमा पुगेर पराजित भएको छ ।

    जारी आईपीएलमा बेंगलुरुले हालसम्म खेलेको ११ मध्ये आठ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । बेंगलुरु १६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । त्यसैले बेंगलुरुको प्ले-अफ चरणमा पुग्ने सम्भावना बलियो 

    बेंगलुरुले अब लखनउका अतिरिक्त सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्ससँग खेल्नमात्र बाँकी छ । त्यसमध्ये हैदराबाद तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीका रुपमा देखिएको छ । बिहीबारको खेलमा विजयी भए बेंगलुरुले प्ले-अफ चरण प्रवेशको सम्भावना निकै बलियो बनाउने छ ।

    लखनउले भने हालसम्म खेलेको ११ मध्ये पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । लखनउ १० अंकसहित तालिकाको सातौं स्थानमा छ । त्यसैले प्ले अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न लखनउले बाँकी तीनवटै खेल जित्नुको विकल्प छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend