२०८३, आश्विन २० गते

images
  • राजनीति
  • पाकिस्तानमा रहेका नेपालीलाई केही समस्या परे...

पाकिस्तानमा रहेका नेपालीलाई केही समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह

पाकिस्तानमा रहेका नेपालीलाई केही समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह

शुक्रवार, बैशाख २६ २०८२०५:५३
शुक्रवार, बैशाख २६ २०८२०५:५३
  • images

    काठमाडौं । सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षामा नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको हो ।

    यसका लागि पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको मन्त्रालयले जनाएको छ । यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली दूतावासलाई सम्पर्क गर्ने सक्ने पनि मन्त्रालयले जनाएको छ ।

    pakistan student.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend