२०८३, आश्विन १९ गते

images

हत्यारालाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन

हत्यारालाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन

बिहिवार, श्रावण १७ २०८१०३:०५
बिहिवार, श्रावण १७ २०८१०३:०५
  • images

    काठमाडौं । हत्या गरिएका धनुषाको मंगलपुरका भोगेन्द्र ठाकुरका आफन्तले शवसहित प्रदर्शन गरेका छन् । हत्यारालाई कारबाही गर्न माग गर्दै उनीहरूले शवसहित प्रदर्शन गरेका हुन् । 

    हत्यारा पक्राउ नपरेसम्म शवकाे अन्तिम संस्कार नग्ने उनीहरूकाे चेतावनी छ । गत सोमबार दिउँसो धनुषाधाम नगरपालिका– २, मंगलपुरका ४५ वर्षीय ठाकुर र उनकी श्रीमती ४० वर्षीया श्यामु ठाकुरमाथि आक्रमण भएकाे थियाे । 

    टाउकोमा धारिलो हतियारले प्रहार भएपछि भोगेन्द्रको घटनास्थलमै मृत्यु भएको थियो भने श्यामु गम्भीर घाइते भएकी छिन  । गम्भीर घाइते भएकी श्यामुको शरीरमा ४७ वटा टाँका लागेको प्रहरीले जनाएको छ । उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ । ठाकुरकाे हत्या गरेको आरोपमा प्रहरीले स्थानीय सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend