२०८३, आश्विन २० गते

images

एनएलजी इन्स्योरेन्सको लाभांश प्रस्ताव सार्वजनिक

एनएलजी इन्स्योरेन्सको लाभांश प्रस्ताव सार्वजनिक

बोनस शेयरसँगै नगद लाभांश पनि

सीएनएन खबर
आइतवार, बैशाख २८ २०८२११:२४
सीएनएन खबर
आइतवार, बैशाख २८ २०८२११:२४
  • images

    काठमाडौं । एनएलजी इनस्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट लाभांश प्रस्ताव सार्वजनिक गरेको छ ।

    वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २.५० % बोनस शेयर र कर प्रयोजनका लागि ०.१३ % नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लख ५७ हजार रुपैयाँ रहेको छ ।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो। गत वर्ष कम्पनीले ५.७९ % बोनस शेयर र कर प्रयोजनका लागि ०.२९ % नगद लाभांश वितरण गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend