२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३...

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भष्ट्राचार मुद्दा

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भष्ट्राचार मुद्दा

आइतवार, बैशाख २८ २०८२०२:१३
आइतवार, बैशाख २८ २०८२०२:१३
  • images

    काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरका सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौड्यालविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ बिगो दाबी गरिएको छ। पौड्यालले मिति २०५१ वैशाख ९ देखि २०८० असार ३१ गतेसम्मको अवधिमा तलब, भत्ता, उनी र परिवारको नाममा रहेको जग्गा बिक्री आय, बीमा र छोराछोरीको पारिश्रमिकसमेत वैध आय २ करोड ५८ लाख ९७ हजार ३२४ रूपैयाँ देखिएको र घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एण्ड रेष्टुरेन्टमा लगानी, सवारीसाधन खरिद, शेयर, ऋण सापटी, सुनलगायतको खर्च ६ लाख २२ लाख १८ हजार ५३२ रूपैयाँ देखिएकाले साढे ३ करोड बढी रकम गैर कानूनीरूपमा कमाएको पुष्टि भएको अख्तियारले जनाएको छ।

    साथै, उनले पदमा रहँदा अवैधरूपमा कमाएको सम्पत्ति पत्नी विष्णुमैया पौड्यालका नाममा राखेको देखिएकोले बिगोबराबरको जफतका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend