२०८३, आश्विन २० गते

images

लमजङको उदिपुर–बेसीशहर सडक खण्ड पहिरोले क्षतविक्षत

लमजङको उदिपुर–बेसीशहर सडक खण्ड पहिरोले क्षतविक्षत

बिहिवार, श्रावण १७ २०८१०५:५०
बिहिवार, श्रावण १७ २०८१०५:५०
  • images

    काठमाडौं । भारी वर्षाले लमजङ डुम्रे-बेसीशहर-चामे सडकखण्ड अन्तर्गतको उदिपुर-बेसीशहर खण्ड क्षतविक्षत भएको छ। बिहीबार दिउँसोको मुसल्धारे वर्षासँगै खसेको पहिरोले यस खण्ड अन्तरगर्तका चार ठाउँमा सडक अवरुद्ध बनेकाे छ।

    बेसीशहर नगरपालिका–१ उदिपुर बजारमा लेदेसहितकाे पहिरो खस्दा सवारी आवगमनमा समस्या भएको छ। यसैगरी अँधेरीखोला र नेपाली सेनाको गेट अगाडि दलाल क्षेत्रमा पनि पहिराे‍ खसेको छ।

    पहिरोले सडक अवरुद्ध बनेपछि सवारी आवगमन दुवै तर्फ रोकिएका छन्। डुम्रे बेसीशहर चामे सडकखण्डका इन्जिनियर सुमन अधिकारीले सबै ठाँउका पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend