२०८३, आश्विन १९ गते

images
  • समाचार
  • आज २५६९औं बुद्ध जयन्ती, देशभर सार्वजनिक...

आज २५६९औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

आज २५६९औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

सोमवार, बैशाख २९ २०८२०६:५३
सोमवार, बैशाख २९ २०८२०६:५३
  • images

    काठमाडौँ । आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । 
    सार्वजनिक बिदा भएसँगै उक्त दिन सेयर बजार,बैंक, बीमा लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द हुनेछन् ।

    दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।

    मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।

    विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend