काठमाडौं । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । कोहलीले भारतको इङ्ल्यान्ड भ्रमणभन्दा ठिकअघि सोमबार टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
केही दिनअघि भारतका अर्का प्रभावशाली ब्याट्सम्यान रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । रोहित भारतको टेस्ट टोलीका कप्तान पनि थिए ।
विराट भने भारतीय टोलीका पूर्वकप्तान हुन् ।यी दुवै प्रभावशाली ब्याट्सम्यानले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै सन्यास लिइसकेका थिए ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणमा विराटले उत्कृष्ट प्रदर्शन आएका छन् ।

