२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • एमालेका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, यी...

एमालेका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, यी १७ केन्द्रीय सदस्य मनोनित

एमालेका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, यी १७ केन्द्रीय सदस्य मनोनित

बिहिवार, श्रावण १७ २०८१०९:४६
बिहिवार, श्रावण १७ २०८१०९:४६
  • images

    काठमाडौं । नेकपा एमालेले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले ७ वटै प्रदेशमा इन्चार्ज हेरफेरको निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा लेखराज भट्टले जिम्मेवारी पाएका छन् ।

    पार्टीको केन्द्रीय उपाध्यक्षमा गुरु बराल, स्थायी कमिटी सदस्यमा लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपाने मनोनित भएका छन् । बैठकले १७ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । केन्द्रीय सदस्यमा सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगु मनोनित भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend