काठमाडौँ । भारत-पाकिस्तान द्वन्द्वले स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) मे १७ देखि पुनः सञ्चालन हुने भएको छ। आईपीएलले आफ्नो एक्स ह्यान्डलमार्फत उक्त जानकारी दिएको हो। यस सिजनको फाइनल जुन ३ मा हुनेछ।
मे ८ तारखि हिमाचल प्रदेशको धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल चलिरहँदा रंगशालामा ब्ल्याकआउट भएपछि प्रतियोगिता एक हप्ताका लागि स्थगन गरिएको थियो।

