२०८३, आश्विन २० गते

images

जनमत पार्टीकी सांसद गुरुङले दिइन् राजीनामा

जनमत पार्टीकी सांसद गुरुङले दिइन् राजीनामा

मंगलवार, बैशाख ३० २०८२०२:०६
मंगलवार, बैशाख ३० २०८२०२:०६
  • images

    काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीकी सांसद गीता गुरुङले राजीनामा दिएकी छन् । जनमत पार्टीकी समानुपातिक सांसद रहेकी उनले प्रदेश सभाका सभामुखसमक्ष राजीनामा दिएकी हुन् ।

    उनले सांसद पदमा बसेर आफूले जनताका लागि केही गर्न नसकेको भन्दै करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नठानेकाले राजीनामा दिएकाे बताएकी छन् । 

    ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु’, उनको राजीनामा पत्रमा लेखिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend