२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सडक निर्माण सम्पन्न गर्न छिन्नमस्ताले दियो...

सडक निर्माण सम्पन्न गर्न छिन्नमस्ताले दियो ५ दिने अल्टिमेटम

सडक निर्माण सम्पन्न गर्न छिन्नमस्ताले दियो ५ दिने अल्टिमेटम

सीएनएन खबर
बिहिवार, आषाढ ६ २०८११०:१७
सीएनएन खबर
बिहिवार, आषाढ ६ २०८११०:१७
  • images

    काठमाडौँ । रुपनी –छिन्नमस्ता सडक खण्डको निर्माण छिटो सम्पन्न गराउँन छिनमस्ता गाउँपालिकाले ५ दिने अल्टिमेटम दिएको छ । २२ किलोमीटर सडकको टेण्डर भै कछुवाको गतिमा निर्माण काम भैरहेको भन्दै पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सडक डिभिजनका कर्मचारीलाई कार्यकक्षमै बोलाएर ५ दिने अल्टिमेटम दिएका हुन् । 

    ‘निर्माण कम्पनीले आबश्यक मर्मत–सम्भार नगरेको तथा बर्षाका कारण राजबिराज–सखडा तथा सखडा– नेउर सडक हिलाम्मे भै आबजाबत समेत अबरुद्ध भएको अबस्थामा आज सडक डिभिजनका कर्मचारी सहित स्थानीय जनप्रतिनिधि मेरो कार्यकक्षमा बैठक बसि भोलि देखी आबश्यक मर्मत सम्भार गरि आबतजाबत सहज बनाउन कार्य थालिने र सो कार्य अबको ५ दिन भित्र सकाउने निर्णय भएको छ’, उनले भने ।

    chhinamasta.jfif
    chhinamasta 

    उनले छिन्नमस्ता गाउँपालिकामा बिहीबार सडक डिभिजनका कर्मचारी सहित स्थानीय जनप्रतिनिधि सहित बसेको बैठकले शुक्रबार (भोली) देखी नै आबश्यक मर्मत सम्भार गरि आबतजाबत सहज बनाउन काम शुरु गरिने निर्णय भएको बताए । 

    यसअघि समेत यस्ता निर्णय भएतापनि निर्माणले भने गति लिन सकेको छैन् । बिहीबारको बैठकमा निर्माणको काम सुचारु गर्ने सहमति भएतापनि कार्यान्वयन हुनेमा पालिका विश्वस्त छैन् । 

    अध्यक्ष चौधरीले छैटौं दिनमा निर्माणको काम नसकिए जनप्रतिनिधि सहित स्थानीय सडक डिभिजन कार्यालय लहानमा धर्नामा बस्ने बताए । 
     
    यसअघि पनि उक्त सडकखण्डको काम तिव्र गतिमा सम्पन्न गराउन पालिकाका अध्यक्ष चौधरीले सक्रियता बढाउँदै आएका थिए । उनले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक (झापादेखि कमलासम्म) को प्रमुखसँग छलफल गरेर असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend