२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • विराट कोहली र अनुष्का शर्मासँगै वृन्दावन...

विराट कोहली र अनुष्का शर्मासँगै वृन्दावन पुगेर प्रेमानन्द महाराजसँग लिए आशीर्वाद

विराट कोहली र अनुष्का शर्मासँगै वृन्दावन पुगेर प्रेमानन्द महाराजसँग लिए आशीर्वाद

सीएनएन खबर
बुधवार, बैशाख ३१ २०८२१०:१९
सीएनएन खबर
बुधवार, बैशाख ३१ २०८२१०:१९
  • images

    काठमाडौं । टेस्ट क्रिकेटबाट सन्न्यास लिएको एक दिनपछि मंगलबार विराट कोहली मथुराको वृन्दावन पुगेका छन्। श्रीमती अनुष्का शर्मासँगै केली कुञ्ज आश्रम पुगेर उनले प्रेमानन्द महाराजलाई भेटेका हुन्। दुवै जनाले प्रेमानन्द महाराजलाई दण्डवत् गर्दै आशीर्वाद लिए।

    प्रेमानन्द महाराजले विराट र अनुष्कालाई सोधे - के तिमी खुसी छौ ?
    जवाफमा विराटले मुस्कुराउँदै भने- हो।

    अनि महाराजले दुवैलाई आशीर्वाद दिए र भने 'जाओ, धेरै खुसी होऊ, नाम जप गर्दै गर।'

    यसमा अनुष्काले सोधिन्, 'बाबा, नाम जप गरेर सबै कुरा पूरा हुन्छ ?'

    महाराजाले भने, 'हो, सबै कुरा पूरा हुनेछ।'

    महाराजले विराट-अनुष्कासँग ७ मिनेट कुराकानी गरे। जसको भिडिओ पनि प्रेमानन्द आश्रमले जारी गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend