२०८३, आश्विन १९ गते

images

म बाट गल्ती भयो : मुकुल ढकाल

म बाट गल्ती भयो : मुकुल ढकाल

सीएनएन खबर
शुक्रवार, श्रावण १८ २०८११०:३३
सीएनएन खबर
शुक्रवार, श्रावण १८ २०८११०:३३
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री एवम् प्रवक्ता डा.मुलुक ढकालले आफूमाथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको स्वीकारेका छन् ।

    उनले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएको बताएका हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बिचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर साबित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु। सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन ।’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनका लागि आफूले पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घघोष गर्ने बित्तिकै रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गरेको भन्दै मलाई आफैँले बनाएको पार्टीबाट क्लबले अवैधानिक ढङ्गबाट निष्कासन गरेपछि हाल म निर्वाचन आयोगमा न्याय निरूपणका लागि पुगेको पनि उल्लेख गरेका छन् ।

    उनले कतिपय कुराहरू समय क्रमसँगै प्रमाणित हुँदै गएको र कतिपय हुँदै जाने भन्दै पार्टीमा मैले मुलतः तीन कुराहरूका लागि सङ्घर्ष सुरु गरेको बताएका छन् ।

    तीन कुराहरू गरे राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्छ भन्दै उनले क्लबबाट पार्टी बन्ने मात्र होइन, यसले नेपाली जनताको आशालाई जोगाउँदै, त्यसलाई भरोसामा बदल्ले पनि बताएका छन् ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend