२०८३, आश्विन २० गते

images

ला लिगा : इन्जुरी समयमा गोल गर्दै रियल म्याड्रिडको नाटकीय जित, उपाधि दौड कायमै

ला लिगा : इन्जुरी समयमा गोल गर्दै रियल म्याड्रिडको नाटकीय जित, उपाधि दौड कायमै

सीएनएन खबर
बिहिवार, जेठ १ २०८२११:३४
सीएनएन खबर
बिहिवार, जेठ १ २०८२११:३४
  • images

    काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले मालोर्काविरूद्ध २-१ गोलको जित निकालेको छ। बुधबार राति भएको खेलमा रियलका लागि जाकोबो रोमनले इन्जुरी समयको पाँचौ मिनेटमा निर्णायक गोल गरेका थिए। 

    त्यसअघि एघारौं मिनेटमा भाल्लजेन्टको गोलबाट मालोर्काले रियलविरूद्ध अग्रता लिएको थियो।  रियलका किलियन एमबाप्पले ६८ मिनेटमा बराबरी गोल फर्काएपछि रियललाई राहत भएको थियो। जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको रियलको ७८ अंक भएको छ। रियलले अन्तिम दुई खेल खेल्न बाँकी छ। 


    अन्तिम तीन खेल खेल्न बाँकी शीर्ष स्थानको बार्सिलोनाको ४ अंक बढी ८२ अंक छ। यो अवस्थामा बार्सिलोनाले उपाधि जित्न एक खेल जिते पुग्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend