२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, गभर्नर नियुक्तीको...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, गभर्नर नियुक्तीको सम्भावना कति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, गभर्नर नियुक्तीको सम्भावना कति

सोमवार, जेठ ५ २०८२१०:३५
सोमवार, जेठ ५ २०८२१०:३५
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ६ बजे बस्ने छ । 

    आजको बैठकमा सकारका नियमित कामकारबाही, समीक्षाका साथै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा समेत छलफल हुने बताइएको छ ।

    मन्त्रिपरिषद बैठक अघि गभर्नर सिफारिस समितिको बैठक बस्ने तयारी रहेको छ । बैठकले गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्नसक्ने जनाइएको छ ।

    सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन् । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषद्ले अनुमोदन गर्ने जनाइएको छ।

    गभर्नर बन्ने भन्दै यसअघि सिफारिस समितिमा रहेका डाक्टर विश्व पौडेलले राजीनामा दिएका छन्। सरकारले उनैलाई गभर्नर बनाउने तयारी गरेको छ।  सरकारले गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गर्न लागेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अदालतले सो मुद्दालाई दरपिठ गरेको थियो।

    गभर्नर महाप्रसाद अधिकारीको गत चैत २४ गते कार्यकाल सकिए पनि राजनीतिक दाउपेचका कारण सरकारले अझै गभर्नर नियुक्त गर्न सकेको छैन। यसअघि बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा सहमति भएको भन्दै उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, कामु गभर्नर डाक्टर निलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि सरकारले उनलाई गभर्नर बनाउन सकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend