२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको...

यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

सोमवार, जेठ ५ २०८२१२:२७
सोमवार, जेठ ५ २०८२१२:२७
  • images

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला टोली एक खेलअगावै ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ ।

    आज भएको सुपर–३ अन्तर्गतको खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा प्रवेश गरेको हो । एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका छन् ।

    यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ३३ रन बनाइन् । रुविना क्षेत्रीले २३ रन बनाउँदा ओपनर सम्झना खड्काले २१ रनको योगदान दिइन् ।

    त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।

    नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend