काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरूलाई सम्बोधन हुनेगरी ठूलो आकारको केन्द्रीय कमिटी बनाएको हो ।
पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो ।
आज बसेको बैठकले केन्द्रीय सदस्यहरूको संख्या बढाएर ३ सय ४४ जना पुर्याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

