२०८३, आश्विन २० गते

images

थाइल्यान्डलाई हराउन नेपालसामु १५९ रनको लक्ष्य

थाइल्यान्डलाई हराउन नेपालसामु १५९ रनको लक्ष्य

मंगलवार, जेठ ६ २०८२१०:५५
मंगलवार, जेठ ६ २०८२१०:५५
  • images

    काठमाडौं । आईसीसी महिला टी- २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा जितका लागि नेपालले १ सय ५९ रनको विशाल लक्ष्य पाएको छ। थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको हो। 

    थाइल्यान्डकी ओपनर नताया बोचाथामले अर्धशतक पूरा गरिन्। उनले ४२ बलमा ५ चौका सहयोगमा ५० रन बनाउँदा मनीषा उपाध्यायको बलमा रोमा थापाको हातबाट क्याच आउट भइन्। 


    अपिसरा सुवान्चोराथीले ४३ बलमा १ चौका सहयोगमा २९ रन बनाउँदा राजमती ऐरीको बलमा रिया शर्माको हातबाट क्याच आउट नै भइन्। विकेटकिपर ब्याटर नान्नपथ कोन्चाइनकाई ५० र नथाकन चन्थाम १५ रनमा अविजित रहे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend