२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा...

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा सगरमाथाको चुचुरोमा फहरायो

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा सगरमाथाको चुचुरोमा फहरायो

सीएनएन खबर
मंगलवार, जेठ ६ २०८२१२:३९
सीएनएन खबर
मंगलवार, जेठ ६ २०८२१२:३९
  • images

    काठमाडौं, जेठ ७ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनको लोगो र संगठनको झन्डा विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको छ।

    यो ऐतिहासिक कार्य प्रसिद्ध हिमाल आरोही मिग्मा डेभिड शेर्पाको नेतृत्वमा सम्पन्न भएको हो। उनले २०८२ साल जेठ ५ गते बिहान ८ बजे सगरमाथाको ८८४८.८६ मिटरको उचाइमा अनेरास्ववियुको झन्डा र महाधिवेशनको लोगो सहितको अभियान सम्पन्न गरेका हुन्।

    संगठनले यो अभियान जलवायु परिवर्तनविरुद्धको सचेतना तथा हिमाल संरक्षणको सन्देश फैलाउने उद्देश्यका साथ सञ्चालन गरेको जनाएको छ। अनेरास्ववियुले भविष्यमा पनि जलवायु परिवर्तन र प्राकृतिक सम्पदाको संरक्षणका लागि विद्यार्थीहरूको अमूल्य योगदान सुनिश्चित गर्न निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend