२०८३, भाद्र ४ गते

images
  • विशेष
  • कुलमानको आडमा दुधकोसीमा गुरुङको रजगज, हाजिरी...

कुलमानको आडमा दुधकोसीमा गुरुङको रजगज, हाजिरी नै नगरी लिन्छन् लाखौँ भत्ता

कुलमानको आडमा दुधकोसीमा गुरुङको रजगज, हाजिरी नै नगरी लिन्छन् लाखौँ भत्ता

images
बुधवार, जेठ ७ २०८२०१:५४
बुधवार, जेठ ७ २०८२०१:५४
  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको आडमा हाजिरी बिनै दुधकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङले लाखौँ सेवा सुविधा लिने गरेको पाइएको छ । 

    कर्मचारीलाई प्राधिकरण र मन्त्रालयमा बिना सुचना नजान उर्दी जारी गरेका गुरुङ आफूले भने हाजिरी बिनै तलबभत्ता लिने गरेको पाइएको हो । 

    सीएनएन खबरलाई प्राप्त दुधकोसी जलविद्युत कम्पनीका काठमाडौँ तथा आयोजना स्थलमा रहने कर्मचारीका लागि छुट्टाईएको तलबमान तथा भत्ता तालिका सम्बन्धि विवरण अनुसार उनको तहले हाजिरी बिनै मासिक रुपमै २ लाख २७ हजार रुपैयाँ सम्म बुज्ने गरेको पाइएको हो । 

    प्राधिकरण तथा सहायक कम्पनीका कर्मचारीहरुले कार्यालयमा जाँदा र फर्कदा कार्यालय आएको र गएको जनिने गरि हाजिरि गर्ने ब्यबस्था दुधकोशी जलविद्युत कम्पनीको कर्मचारी सेवा शर्त नियमावली २०७८ मा रहेको छ। तर गुरुङले भने कार्यालय समय सकिएपछि (दिनमा एक पटक मात्र) हाजिरी गर्ने गरेको निजको हाजिरि विवरणमा देखिन्छ।

    Dudhkoshi1.jpg

    दिनभर कुलमानको कोर टिममा काम गर्ने र साँझ पख कार्यालयमा आएर हाजिरी गर्ने गरेको कम्पनीका अन्य कर्मचारीहरु बताउँछन् । ‘कुलमान र सरकारबीच मनमुटाव सुरु भएदेखि उहाँ कार्यालयमा समयमा नआउने गर्न थाल्नुभएको थियो ।  कुलमानलाई हटाउने चर्चा चल्न थालेपछि उहाँ साँझपख कार्यालय आउने र हाजिर गर्ने गर्नुभयो । दिनभर कता हो कता साँझ हाजिरी गरी पुनः चाकरीमा मस्त रहने गर्न टिममा जाने गर्नुभएको हल्ला सुनिएको हो,’ कर्मचारिले भने।

    कुलमानलाई हटाउने चर्चासँगै उनको टिममा बसेर गुरुङले विभागीयमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने गरेका थिए । सरकारी कर्मचारीले नैतिक आचारण भुलेर तथानाम प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई गाली गरेको भन्दै उर्जा मन्त्रालयले उनलाई सीईओबाट हटाउन समेत पत्र पठाएको थियो । त्यो पत्र अझै कार्यान्वयनमा आएको छैन।

    मन्त्रालयले पठाएको गोप्य पत्र बाहिर ल्याएर हिरो बनेका उनले पछिल्लो हप्ता मन्त्रालयमा एडिविसँगको मिटिङबाट निकालिएको बदलामा कर्मचारिहरुलाई मन्त्रालय र प्राधिकरणमा भेट गर्न समेत प्रतिबन्ध लगाएका छन्। पटक पटक विवादमा पर्दै आएका उनी अझै आयोजनाको जिम्मेवारीमा यथावत छन् । 

    उनको नेतृत्वमा दुधकोसीमा अनियमितता विवादको सूची लामै देखिन्छ। उनले कर नतिरी नै इटली र जापानको संयुक्त कम्पनी इएलसी इलेक्ट्रो कन्सल्ट नामक कम्पनीलाई करोडैँ भुक्तानी दिदैँ आएको समेत सीएनएन खबरले प्राप्त गरेको थियो। 

    Dudhkoshi.jpg

    आर्थिक वर्ष २०७४/०७५ देखि नेपाल सरकारलाई बुझाउनु पर्ने कर नै नबुझाएको विदेशी कम्पनीलाई उनले नियमित रुपमा भुक्तानी गर्दै आएका थिए । अन्तिम समयमा प्राधिकरणको केन्द्रीय कार्यालयको ताकेतापश्चात हाल उक्त कम्पनीको भुक्तानी रोकिएको छ ।

    कर क्लियरेन्स बिना भुक्तानिको विषयमा उनले लेखा प्रमुखले नहेरिदिएको बताएका थिए भने लेखाले कम्पनीको प्रमुख कार्यकारी अधिकृत नै सबै भुक्तानिको जवाफदेहि हुने बताएका थिए।

    विदेशी कम्पनीलाई आवश्यक कागजपत्रबिनै भुक्तानी गरी उनी हाल सोहि कन्सल्टेन्टको कार्यालयमा बस्दै आएका छन् ।

    सम्बन्धीत समाचार 

    विवादित सीईओको अर्को हर्कतः मन्त्रालय छिर्न नपाएपछि कर्मचारीलाई उर्दी, मन्त्रालय र प्राधिकरणमा सम्पर्क नगर्नु

    दुधकोसीको विवादित सिईओका कारण विवादमा पर्दै उर्जामन्त्री, सेटिङ मिलाएको आरोप

    प्राधिकरणका सहायक कम्पनीमा अन्धाधुन्ध निर्णयः घिसिङ नेतृत्वको ८ वर्षे कार्यकालको छानबिन सुरु

    कर नतिरी भुक्तानी गर्ने कन्सल्टेन्टको अफिसमा दुधकोसीका सीईओको रजगज

     दुधकोसीमा अकर्मण्य नेतृत्व, ट्याक्स क्लियरेन्सबीनै विदेशी कन्सल्टेन्टलाई करोडौँ भुक्तानी

     सरकार र दातृ निकायबीचको सम्बन्ध बिगार्दै दुधकोसी आयोजनाका सीईओ गुरुङ

     प्राधिकरणलाई नाफा मात्रै देखाउँछन् कुलमानः सरकारलाई न कर न ऋण भुक्तानी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend