काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द कार्यशालाले केन्द्रीय समितिलाई १५ बुँदे सुझाव दिएको छ । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला शनिबार सम्पन्न भएको थियो ।
कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र लिडरसीप एकेडेमी/क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो । सोही छलफलका आधारमा १५ बुँदे सुझाव दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।


