काठमाडौं। नेपालमै पहिलो पटक नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ले जेठ १८ गतेदेखि ग्रीन बण्ड जारी गर्न लागेको छ। कम्पनीले ७ वर्ष अवधिको वार्षिक ६ % ब्याजदरमा 'निफ्रा हरित उर्जा ऋणपत्र ६ % २०८८/८९' निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाा अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।
कुल कित्ता ऋणपत्रमध्ये ६० % अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र भने सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणतर्फको कुल कित्ता ऋणपत्रमध्ये सामूहिक लगानीकोषका लागि १ लाख कित्ता बाँडफाँट गरी बाकी १९ लाख कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो।

