२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • सुदूरपश्चिम अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नासु...

सुदूरपश्चिम अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नासु विष्टविरुद्ध मुद्दा

सुदूरपश्चिम अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नासु विष्टविरुद्ध मुद्दा

बिहिवार, जेठ ८ २०८२०५:४५
बिहिवार, जेठ ८ २०८२०५:४५
  • images

    काठमाडौं । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्नामा नायब सुब्बा पदमा कार्यरत पूर्णसिंह विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। 

    उजुरी छानबिनपछि उनले नक्कली कागजात पेस गरेर स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक(सहायक द्वितीय प्रशासन) पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेको देखिएको आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। 

    विष्टले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जीएनके इन्टरमीडियट कलेज, कानपुरबाट हाइस्कूल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाण-पत्र पेस गरी जागिर शुरू गरेको भेटिएको प्रवक्ता पौडेलले बताए।

    उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको उनले  जनाए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend