२०८३, आश्विन २० गते

images
  • राजनीति
  • बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस...

बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस राजीनामा दिन सक्ने संकेत

बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस राजीनामा दिन सक्ने संकेत

सीएनएन खबर
शुक्रवार, जेठ ९ २०८२१०:०८
सीएनएन खबर
शुक्रवार, जेठ ९ २०८२१०:०८
  • images

    काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिने विचार गरिरहेको खबर सार्वजनिक भएको छ। यो कुरा विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई निवासमै पुगेर भेटवार्ता गरेपछि बताएका हुन्। 

    इस्लामले बीबीसी बंगलासँग भनेका छन्, ‘देशको वर्तमान अवस्थाका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौँ। प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन्।’

    उनले अगाडि भनेका छन्, 'उहाँले भन्नुभयो- राजनीतिक दलबाट कुनै आश्वासन पाइन्न भने म राजीनामा दिनबाट किन रोकिने ? आन्दोलन जुन तरिकाले चलिरहेको छ वा मलाई जसरी बन्धक बनाइएको छ। म यसरी काम गर्न सक्दिनँ।’

    यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।बिहीबार नै बंगलादेश राष्ट्रवादी पार्टीले अन्तरिम सरकारका दुई सल्लाहकार महफुज आलम र आसिफ महमुद र राष्ट्रिय सुरक्षा सल्लाहकार खलिलुर रहमानको राजीनामा वा बर्खास्तको माग गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend