२०८३, आश्विन २० गते

images

भिजिट भिसा प्रकरणः गृहले सरूवा गर्‍यो ९ कर्मचारी

भिजिट भिसा प्रकरणः गृहले सरूवा गर्‍यो ९ कर्मचारी

शुक्रवार, जेठ ९ २०८२०१:३२
शुक्रवार, जेठ ९ २०८२०१:३२
  • images

     काठमाडौं । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका ९ जना कर्मचारीलाई गृह मन्त्रालयले सरुवा गरेको छ । सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको हो । 

    प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ भने सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरू कमला श्रेष्ठ, उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको छ ।

    अख्तियार अनुसन्धान दुरूपयोग आयोगले बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा हान्दै भट्टराईलाई नियन्त्रणमा लिएको थियो । भट्टराईलाई नियन्त्रणमा लिएपछि भिजिट भिसामा दैनिक करिब ५० लाख रूपैयाँ घुस लिने गरेको तथ्य बाहिरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend