२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • साढे ५ करोडमा बन्यो पैयूँ गाउँपालिकाको...

साढे ५ करोडमा बन्यो पैयूँ गाउँपालिकाको प्रशासकीय भवन, २५ गतेबाट सेवा शुरु

साढे ५ करोडमा बन्यो पैयूँ गाउँपालिकाको प्रशासकीय भवन, २५ गतेबाट सेवा शुरु

आइतवार, श्रावण २० २०८१११:५१
आइतवार, श्रावण २० २०८१११:५१
  • images

    काठमाडौँ । पर्वतको पैयूँ गाउँपालिकाले साढे ५ करोड रुपैयाँको लागतमा प्रशासकीय भवन निर्माण गरेकाे छ । 

    पैयुँ गाउँपालिका–४ हुवास २०७८ सालमा निर्माण शुरु भएको ३३ कोठाकाे उक्त भवन ५ करोड ४८ लाख ४८ हजार ९९० रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । निर्माण शुरु भएको तीन वर्षमा तयार भएको पालिकाको उक्त भवन साउन २५ गते औपचारिक रुपमा उद्घाटन हुने भएको छ । 

    गाउँ कार्यपालिकाको बैठकले पालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीबाट यही साउन २५ गते औपचारिक रुपमा उद्घाटन गर्ने निर्णय गरेको हो । कार्यपालिकाको निर्णय अनुसार पालिका हाल भाडाको भवनमा रहेका सामग्रीहरु नव निर्मित्त भवनमा सार्ने काम शुरु भएको छ । 

    १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन निर्माणस्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गाधनीले जग्गा निःशुल्क उपलब्ध गराएका थिए । स्थानीयले उपलब्ध गराएको जग्गामा विवेक एण्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले भवन निर्माण गरेको हो । 

    नव निर्मित गाउँपालिकाको भवनमा न्यायिक समितिको इजलास, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रशासन, लगायत विषयगत शाखाका अलगअलग कक्ष रहनेछन् ।

    यसअघि मासिक रुपमा ९० हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको पैयूँ गाउँपालिकाले साउन २५ गतेदेखि भने नवनिर्मित्त भवनबाटै सबै सेवा प्रवाह गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत इ राजीव रिमालले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend