२०८३, आश्विन २० गते

images

दिल्लीले अन्तिम खेलमा पञ्जाबलाई हरायो

दिल्लीले अन्तिम खेलमा पञ्जाबलाई हरायो

सीएनएन खबर
आइतवार, जेठ ११ २०८२१०:२६
सीएनएन खबर
आइतवार, जेठ ११ २०८२१०:२६
  • images

    काठमाडौं । दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा आफ्नो अन्तिम खेल जितेको छ।प्लेअफमा पुगिसकेको पञ्जाब किंग्सलाई गएराति दिल्लीले ६ विकेटले पराजित गरेको हो। पञ्जाबले दिएको २०७ रनको लक्ष्य दिल्लीले १९।३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

    दिल्लीका लागि समीर रिज्वीले नट आउट ५८ र ट्रिस्टन स्टब्सले १८ रन बनाए। रिज्वीले २५ बलमा ३ चौका र ५ छक्का हाने।त्यसअघि करूण नइरले २७ बलमा ५ चौका र २ छक्का हानेर ४४ रन बनाए। केएल राहुलले ३५ र कप्तान फाफ डु प्लेसिसले २३ रन जोडे।बलिङतर्फ पञ्जाबका हरप्रित ब्रारले २ तथा मार्को जनसेन र प्रविण दुबेले १र१ विकेट लिए।

    पहिले ब्याटिङ गरेको पञ्जाबले ८ विकेटको क्षतिमा २०६ रन बनाएको थियो। पञ्जाबका लागि कप्तान श्रीयास ऐयरले ५३ रन बनाए। उनले ३४ बलमा ५ चौका र २ छक्का हाने। मार्कस स्टोइनिस ४४ रन बनाएर नट आउट रहे। उनले १६ बलमा ३ चौका र ४ छक्का हाने। त्यसअघि जोश इंग्लिसले ३२ र प्रबशिमरन सिंहले २८ रन बनाएका थिए।

    बलिङतर्फ दिल्लीका मुस्ताफिजुर रहमानले ३, विपराज निगम र कुलदीप यादवले २र२ तथा मुकेश कुमारले एक विकेट लिए।

    दिल्ली यसअघि नै प्लेअफ होडबाट बाहिरिएको छ। पञ्जाब भने अंक तालिकको दोस्रो स्थानमा छ। प्लेअफ पुगिसकेका चारै टिममध्ये कसले क्वालिफायर र एलिमिनेटर खेल्ने टुंगो लाग्नेछ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend