२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सर्वोच्चले सच्यायो रविलाई थुनामा पठाउने आदेशको...

सर्वोच्चले सच्यायो रविलाई थुनामा पठाउने आदेशको त्रुटी

सर्वोच्चले सच्यायो रविलाई थुनामा पठाउने आदेशको त्रुटी

आइतवार, जेठ ११ २०८२०४:२७
आइतवार, जेठ ११ २०८२०४:२७
  • images

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा भएको त्रुटिलाई संशोधन गरेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले आदेशमा भएको त्रुटि सच्याइँ पाउँ भनी पेश भएको प्रतिवेदनमाथि संशोधन गरेको हो।

    शुक्रबार सर्वोच्चले लामिछाने र पूर्वडीआइजी छवि लाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामै पठाउने आदेश जारी गर्दा 'आदेश'को सट्टा 'फैसला' उल्लेख गरेको थियो। आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधनको निवेदन परेको थियो।

    'अदालतबाट  शुक्रबार भएको आदेशको शिरखण्डको चौथो हरफमा 'आदेश' हुनुपर्नेमा टाइप गर्दा भुलवस 'फैसला' हुन गएकाले न्याय प्रशासन ऐन, २०७३ को दफा १८ (३) बमोजिम सच्याइँ 'फैसला'लाई 'आदेश'कायम गरिदिएको छ,'सर्वोच्चले भनेको छ।

    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछाने हाल भैरहवा कारागारमा छन्। जिल्ला अदालत रूपन्देहीले गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend