२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • क्रिकेट रङ्गशालाका विषयमा प्रधानमन्त्रीद्वारा खेलाडीदेखि कलाकारसँग...

क्रिकेट रङ्गशालाका विषयमा प्रधानमन्त्रीद्वारा खेलाडीदेखि कलाकारसँग छलफल

क्रिकेट रङ्गशालाका विषयमा प्रधानमन्त्रीद्वारा खेलाडीदेखि कलाकारसँग छलफल

आइतवार, श्रावण २० २०८१०३:०६
आइतवार, श्रावण २० २०८१०३:०६
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रङ्गशालाका विषयमा क्यानका पदाधिकारीसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारहरूसँग क्रिकेट रङ्गशालाका विषयमा छलफल गरेका हुन्।

    छलफल पछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्,'क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरूबिच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु।'

    प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत क्रिकेटको प्रचार र नेपाली खेलाडीलाई प्रोत्साहन गर्दै आएका कलाकारलाई पनि छलफलमा बोलाएको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend