२०८३, आश्विन १९ गते

images

कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ

कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ

आइतवार, श्रावण २० २०८१०३:१४
आइतवार, श्रावण २० २०८१०३:१४
  • images

    काठमाडौं । कर्णाली प्रदेशका नवनयुक्त ४ मन्त्रीले पथ तथा गोपनियताका शपथ लिएका छन्। नेपाली कांग्रेसबाट यमलाल कँडेल नेतृत्वको सरकारमा मन्त्री बनेका ४ जनाले आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीबाट शपथ लिए।

    कर्णाली सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त उनीहरुले शपथ लिएका हुन्।

    चार मन्त्री थपिएसँगै सरकारले पूर्णता पाएको छ। केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका थिए।

    ८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ। कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend