काठमाडौं । म्यानचेष्टर सिटी, चेल्सी र न्युकासल युनाइटेड अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा छनोट भएका छन् । आइतबार राति भएको प्रिमियर लिगको अन्तिम चरणको खेलको नतिजापछि च्याम्पियन लिभरपुल र आर्सनलसँगै यी तीन क्लबले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेका हुन् ।
म्यानचेष्टर सिटीले अन्तिम खेलमा फुलहमलाई २-० ले हराएपछि तेस्रो स्थानमा लिग सकायो । सिटीले ३८ खेलबाट ४१ अंक जोड्यो । अर्को खेलमा चेल्सीले नटिङहम फरेस्टलाई १-० ले हरायँदै ६९ अंक जोडेर चौथो स्थानमा रह्यो । फरेस्ट भने शीर्ष पाँचमा नअटाएपछि च्याम्पियन्स लिगमा छनोट हुन सकेन । फरेस्ट ६५ अंकसहित सातौं स्थानमा रह्यो ।

