२०८३, आश्विन १९ गते

images

अब एमालेमा गुटबन्दी स्वीकार्य हुँदैनः ओली

अब एमालेमा गुटबन्दी स्वीकार्य हुँदैनः ओली

आइतवार, श्रावण २० २०८१०३:१९
आइतवार, श्रावण २० २०८१०३:१९
  • images

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी भएका कारण विभाजन भएको स्वीकारेका छन् । आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको स्वीकारेका हुन् । अब एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी ओलीले दिए ।

    ‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो’, ओलीले भने,‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’

    ओलीले बैठकमा नेताहरूको भनाभन नै नभए त्यस्तो पनि डेमोक्रेसी हुन्छ ? बैठकमा भनाभन होस् । तब न केही आदानप्रदान भयो भनेजस्तो परिभाषा पार्टीमा नचल्ने ओलीले बताए । उनले आफू पनि नगर्ने र अरूलाई पनि गुटबन्दीको कुरा छेउ पनि पर्न नदिन निर्देशन दिए । उनले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई एमालेको खेलाडीजस्तो गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend