२०८३, आश्विन १९ गते

images

भारतमा फेरि कोरोना संक्रमण फैलियो

भारतमा फेरि कोरोना संक्रमण फैलियो

सोमवार, जेठ १२ २०८२०२:३४
सोमवार, जेठ १२ २०८२०२:३४
  • images

    काठमाडौं । भारतको दिल्लीमा फेरि कोरोना भाइरसका घटना तीव्र गतिमा बढिरहेका छन्। पछिल्लो एक हप्तामा दिल्लीमा ९९ जना कोरोना संक्रमित भेटिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार कोरोना फैलिएपछि दिल्लीमा २४ जना बिरामी निको भएका छन् भने हाल १०४ जना सक्रिय बिरामी छन्। 

    योसँगै देशभर कोरोना संक्रमितको संख्या एक हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य विभागका अनुसार केरलामा सबैभन्दा बढी ४३० जनामा कोरोना संक्रमण भएको छ।

    त्यसपछि महाराष्ट्रमा २०९ जना र दिल्ली १०४ सक्रिय केससहित तेस्रो स्थानमा छ। अन्य राज्यहरूमा पनि कोरोनाका बिरामी बढ्दै गएको स्वास्थ्य विभागले उल्लेख गरेको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend