काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका दुई जना सञ्चालकलाई पदमुक्त गरेका छन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् । ऊर्जा मन्त्रालयकी सहसचिव इन्दिरा दाहालले सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाइएको जानकारी गराउँदै पत्र पठाएकी थिईन ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुनस् लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेपछि मन्त्रालयले सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधिएको थियो ।
साउन १५ मा सोधिएको स्पष्टिकरणको जवाफ साउन १८ मा उनीहरूले स्पष्टिकरण बुझाएका थिए ।

