२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सहमतिको बहानामा निर्वाचन टार्न खोज्ने प्रयास...

सहमतिको बहानामा निर्वाचन टार्न खोज्ने प्रयास असफल, मतदान भोलि

सहमतिको बहानामा निर्वाचन टार्न खोज्ने प्रयास असफल, मतदान भोलि

सोमवार, जेठ १२ २०८२११:३८
सोमवार, जेठ १२ २०८२११:३८
  • images

    काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व अब निर्वाचनमार्फत चयन हुने भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार बिहान मतदान हुने पक्का भएको छ।

    युवा संघका इन्चार्ज राजीव पहारीले सहमतिका लागि अधिकतम पहल भए पनि सम्भावना समाप्त भएको जानकारी दिए। “सहमतिको प्रयास सफल नभएकाले स्वच्छ ढंगले निर्वाचन हुनेछ,” पहारीले भने। अध्यक्ष पदका उम्मेदवार क्षितिज थेबे र सुमन पुरी दुवैले उम्मेदवारी फिर्ता नलिने अडान राखेपछि निर्वाचन अपरिहार्य भएको हो। दुवै प्यानलले आ–आफ्ना उम्मेदवार तय गरेर प्रचार पनि थालेका छन्।

    एमालेका शीर्ष नेताहरूले थेबेलाई समर्थन जनाएका छन् भने पुरीलाई केही स्थायी कमिटी सदस्य र संघका पूर्वअध्यक्षहरूको समर्थन छ। यस निर्वाचनमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्न देशभरका १,९३९ प्रतिनिधिहरू सहभागी हुनेछन्। निर्वाचन इलेक्ट्रोनिक भोटिङ मेसिन बाट हुनेछ।

    निर्वाचन समितिका संयोजक मदनप्रसाद तिवारीले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। उम्मेदवारहरूको अन्तिम नामावली सोमबार साँझ प्रकाशित गरिएको हो। युवा संघको महाधिवेशनमा सहमतिको सम्भावना टरेपछि अब सबैको ध्यान मंगलबार हुने मतदानमा केन्द्रित भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend