२०८३, आश्विन १९ गते

images

राष्ट्रिय झण्डा आधा झुकाएर सरकारी कामकाज

राष्ट्रिय झण्डा आधा झुकाएर सरकारी कामकाज

आइतवार, श्रावण २० २०८१०४:४७
आइतवार, श्रावण २० २०८१०४:४७
  • images

    काठमाडौं । मधेश प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आइतबार राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको गत बिहीबार निधन भएको थियो ।

    कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । आइतबार दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

    शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेवजीको साङ्गीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र सङ्घर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम् क्षणसँग लड्दै शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँ लागिरहनुभयो ।’

    सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend