२०८३, आश्विन २० गते

images
  • राजनीति
  • युवा संघको नयाँ नेतृत्वका लागि मतदान...

युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

युवा संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

मंगलवार, जेठ १३ २०८२१०:३४
मंगलवार, जेठ १३ २०८२१०:३४
  • images

    काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । 

    अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो भोटिङ गरे । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ ।

    निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् ।

    पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend