२०८३, आश्विन २० गते

images

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

आइतवार, श्रावण २० २०८१०५:४५
आइतवार, श्रावण २० २०८१०५:४५
  • images

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा  नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख नजिर मियाँले शाहलाई  आइतबार  मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएपछि  प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतवार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकारको आह्वान गरेका थिए।

    आइतबार उनी एमालेको सर्मथनमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन । पहिलोपटक उनी   २०७९ माघ २६ मा मुख्यमन्त्री बनेका थिए  समीकरण फेरिएपछि  शाहले  चैत २२ मा राजनीतिक राजीनामा दिएका थिए ।

    उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन् । प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend