२०८३, आश्विन १९ गते

images

जावलाखेलमा देखाइयो रातोमत्स्येन्द्रनाथको भोटो

जावलाखेलमा देखाइयो रातोमत्स्येन्द्रनाथको भोटो

आइतवार, श्रावण २० २०८१०९:२८
आइतवार, श्रावण २० २०८१०९:२८
  • images

    काठमाडौं । वर्षा र सहकालका देवता रातोमत्स्येन्द्रनाथको भोटो ललितपुरको जावलाखेलमा देखाइएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भोटो देखाइएको हो।

    हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा अपराह्नमा ४ बजे मत्स्येन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाएका हुन्। भोटोजात्रा अवलोकनमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति थियो।

    रातोमच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गाः बहाल, मंगलबजार, टंगाल इटिटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो। यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend