काठमाडौं । नेकपा(एमाले)को युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको अध्यक्षमा क्षितिज थेवे दोहोरिएका छन्। थेवे प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा दोहोरिएका हुन्। थेवे ७९६ मतसहित जिते भने पुरी ६०८ मतमा सीमित भए। थेवेक प्यानल नै विजयी भएको छ। पोखरामा सम्पन्न महाधिवेशनमा १ हजार ७६४ प्रतिनिधि थिए। तर, मतदान भने १ हजार ४०४ जनाले मात्रै गरे।
प्राप्त विवरण अनुसार मतदानमा कोशीबाट १८५, मधेशबाट १०१, बागमतीबाट १६४, लुम्बिनीबाट १३१, सुदूरपश्चिमबाट ११६, गण्डकीबाट १२३ र कर्णालीबाट १०५ मत खस्यो। यसैगरी विशेष प्रदेशबाट ६९ र आयोजबाट ४१० सहित जम्मा १ हजार ४०४ मत खसेको थियो।
एमालेमा गत फागुनयता महाधिवेशन भएका १२ जनसङ्गठनमध्ये युवा सङ्घ निर्वाचनबाट नेतृत्व छान्ने पहिलो सङ्गठन बनेको छ। प्रेस चौतारीसहित अरु ११ जवसमा एमालेले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको थियो।

