२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • १७ वर्षीय यामलको बार्सासँग ६ वर्षे...

१७ वर्षीय यामलको बार्सासँग ६ वर्षे नयाँ सम्झौता

१७ वर्षीय यामलको बार्सासँग ६ वर्षे नयाँ सम्झौता

सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:०६
सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:०६
  • images

    काठमाडौँ । लामिन यामलले बार्सिलोनासँग नयाँ सम्झौता गरेका छन्। यस सिजन उत्कृष्ट प्रदर्शन गरेका यामल र बार्सिलोनाबीच ६ वर्षको नयाँ सम्झौता भएको हो। बर्सिलोनाले यो सिजन घरेलु ट्रेबल जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। १७ वर्षीय स्पेनिस विंगर यामलको पुरानो सम्झौता सन् २०२५/२६ को अन्त्यमा समाप्त हुने थियो। नयाँ सम्झौतापछि उनी सन् २०३१ सम्म बार्सिलोनामा रहनेछन्।

    यामलले १५ वर्षको उमेरमा सन् २०२३ मा बार्सामा डेब्यू गरेका थिए। उनले यस सिजन ५५ खेलमा १८ गोल र २५ असिस्ट गर्दै ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप बार्सिलोनालाई जिताउन मद्दत गरे। बार्साले मंगलबार क्लबका अध्यक्ष जोआन लापोर्टा र खेल निर्देशक डेकोको उपस्थितिमा यामालले नयाँ सम्झौतामा हस्ताक्षर गरेको जानकारी गराएका थिए। 

    यामलले बार्साका लागि ११५ खेलमा २५ गोल गरिसकेका छन् र ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।उनी बार्साका लागि १०० खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन्।

    उनी स्पेनका लागि १९ पटक मैदानमा उत्रिसकेका छन् र सन् २०२४ को यूरो कप जित्ने टोलीका सदस्य थिए।  स्पेनले भएको फाइनलमा इङ्ल्यान्डलाई २(१ ले हराएको थियो।उनलाई बार्साको लेजेन्ड लिओनल मेसीसँग तुलना गरिन्छ। किनभने उनी पनि क्लबको प्रसिद्ध ला मासिया एकेडेमी हुँदै आएका हुन्।


    हालै बार्साले आफ्ना म्यानेजर फ्लिक र ब्राजिलियन फरवार्ड राफिन्हाको सम्झौता पनि नवीकरण गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend