२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • आइपिएल प्लेअफ लाइनअप तय : उपाधिका...

आइपिएल प्लेअफ लाइनअप तय : उपाधिका लागि चार टोली मैदानमा

आइपिएल प्लेअफ लाइनअप तय : उपाधिका लागि चार टोली मैदानमा

सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:१६
सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:१६
  • images

    काठमाडौँ । आइपिएल २०२५ को प्लेअफ समिकरण पूरा भएको छ। पञ्जाब किंग्स, रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स र मुम्बई इन्डियन्स प्लेअफमा पुगेका हुन्। अब क्वालिफायर-१ शीर्ष स्थानको पञ्जाब र दोस्रो स्थानको बेंगलुरुबीच आगामी मे २९ मा प्रतिस्पर्धा हुनेछ। 

    एलिमिनेटरमा तेस्रो स्थानको गुजरात र  चौथो स्थानको मुम्बईबीच मे ३० मा हुनेछ। क्वालिफायर २ आगामी जुन १ मा अहमदाबादमा ( क्वालिफायर १ को हार्ने टोली भर्सेस एलिमिनेटरको विजेता) हुनेछ। 

    फाइनल आगामी जुन ३ मा अहमदाबादमा (क्वालिफायर १ को विजेता भर्सेस क्वालिफायर २ को विजेता) हुनेछ। पञ्जाब लिग चरणमा शीर्ष स्थान हासिल गरेर क्वालिफायर १ मा स्थान पक्का गरेको हो। मुम्बई इन्डियन्सलाई पराजित गरेरपछि पञ्जाबको शीर्ष स्थान पक्का भयो। 

    बेंगलुरु दोस्रो स्थानमा रहेर क्वालिफायर १ मा पुग्यो। लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दा बेंगलुरुको दोस्रो स्थान पक्का भएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend