२०८३, आश्विन २० गते

images
  • कर्पोरेट
  • कृषि मन्त्रालयले कटौती गर्‍यो डीडीसीका कर्मचारीले...

कृषि मन्त्रालयले कटौती गर्‍यो डीडीसीका कर्मचारीले लिदैँ आएको थप सेवासुविधा

कृषि मन्त्रालयले कटौती गर्‍यो डीडीसीका कर्मचारीले लिदैँ आएको थप सेवासुविधा

बिहिवार, जेठ १५ २०८२११:०७
बिहिवार, जेठ १५ २०८२११:०७
  • images

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डिडिसी) अन्तरगतका कर्मचारीहरुले लिँदै आएको सेवा सुविधा कटौती भएको छ ।

    कर्मचारीहरुले लिँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुबिधा बिहीबारदेखि कटौती गरेको हो ।

    दुग्ध किसानहरुलाई दिनु पर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुँक्ता गर्नु पर्ने अवस्था लगायतका कारण यो सुविधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

    अन्य सार्वजनिक सस्थानहरुमा पनि सस्था घाटा नोक्सानीमा गएका बेला सुविधा नलिने गरिएको अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्ध जन्य पदार्थ बिक्रि गरि आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुबिधा कटौती जरुरी रहेको ठहर गरेको छ ।

    यसअघि मन्त्रालयले सस्थान व्यवस्थापन समक्ष खाई पाई आएको सेवा सुविधाको जानकारी मागेको थियो । मन्त्रालयले सस्थानको महाप्रबन्धकमा सहसचिब जगदीश पाण्डेलाई पठाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend