२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • खेलकुद क्षेत्रमा इतिहासमै ठूलो लगानी, आगामी...

खेलकुद क्षेत्रमा इतिहासमै ठूलो लगानी, आगामी वर्षका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रमा इतिहासमै ठूलो लगानी, आगामी वर्षका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन

बिहिवार, जेठ १५ २०८२०५:४२
बिहिवार, जेठ १५ २०८२०५:४२
  • images

    काठमाडौं । सरकारले खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि खेलकुदमा ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका छन् ।

    अर्थमन्त्रीले यो बजेट अन्तर्गत झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने छ । सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोट्र्स स्टेडियम निर्माण गरिनेछ । यस्तै, टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरिएको छ ।

    मूलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड विनियोजन गरिएको छ । सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड विनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend