२०८३, आश्विन १९ गते

images
  • विश्व
  • राजीनामासँगै हसिनाले छाडिन् देश, अन्तरिम सरकार...

राजीनामासँगै हसिनाले छाडिन् देश, अन्तरिम सरकार बनाउने सेनाको घोषणा

राजीनामासँगै हसिनाले छाडिन् देश, अन्तरिम सरकार बनाउने सेनाको घोषणा

सीएनएन खबर
सोमवार, श्रावण २१ २०८१०४:१४
सीएनएन खबर
सोमवार, श्रावण २१ २०८१०४:१४
  • images

    एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । ढाकामा जारी तनावका बीच उनले राजीनामा दिएकी हुन् । 

    प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् तर, सम्भव भएन ।

    बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । 

    अन्तरिम सरकार बनाउने सेनाको घोषणा
    बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । बंगलादेशमा राजनीतिक संकट उत्पन्न भएसँगे सेना प्रमुखले सम्बोधन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । 

    सेनाका प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सोमबार अपराह्न सम्बोधन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend