२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • पोल ढलेर ललितपुरमा एक जनाको मृत्यु,...

पोल ढलेर ललितपुरमा एक जनाको मृत्यु, ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन

पोल ढलेर ललितपुरमा एक जनाको मृत्यु, ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन

बुधवार, जेठ २१ २०८२०३:१५
बुधवार, जेठ २१ २०८२०३:१५
  • images

     

    काठमाडौं । ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकै ५५ वर्षीय रमेश खड्गी रहेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ । 

    डोजरले बाटो खन्ने क्रममा पोलले लागेर उनको मृत्यु भएको हो । प्र . ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युत्‌को पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो ।

    खड्गी बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्‌को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको मृत्यु भएपछि स्थानीयहरूले ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend