२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • आइपिएल जितेको खुसीयाली मनाउने क्रममा मच्चिएको...

आइपिएल जितेको खुसीयाली मनाउने क्रममा मच्चिएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो

आइपिएल जितेको खुसीयाली मनाउने क्रममा मच्चिएको भागदौडमा मृत्यु हुनेको संख्या ११ पुग्यो

सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२१०:५८
सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२१०:५८
  • images

    काठमाडौँ । दक्षिण भारतीय शहर बेंग्लुरुको क्रिकेट रंगशाला बाहिर बुधबार भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या कम्तिमा ११ पुगेको छ। रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)ले पहिलो इण्डियन प्रिमियर लिग (आइपिएल) उपाधि जितेको खुशीयाली मनाउन हजारौं क्रिकेट प्रशंसकहरू उपस्थित एम चिन्नास्वामी रंगशाला बाहिर भागदौड मच्चिएको थियो।

    भागदौडमा अन्य ५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूलाई बोरिङ र लेडी कर्जन अस्पताल र वैदेही अस्पतालमा भर्ना गरिएको छ। सात जनाको बोरिङ अस्पतालमा चोटका कारण मृत्यु भयो भने अन्य चार जनाले वैदेही अस्पतालमा मृत्यु भएको हो।

    आरसीबीले १८ वर्षपछि उपाधि जितेको हो। जसले गर्दा आफ्ना क्रिकेट स्टारहरू हेर्न रंगशाला र वरपर भीड जम्मा भएको थियो।कर्नाटक राज्य क्रिकेट संघले आरसीबी खेलाडीहरूलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा वैध टिकट र पास भएका व्यक्तिहरूको मात्र सहभागिता थियो। तर फ्यानहरू आफ्नो टोलीका क्रिकेटरहरु हेर्न कार्यक्रमस्थलमा भीड लागेका थिए।  

    मृतकका परिवारलाई प्रदेश सरकारले १०र१० लाख रूपैयाँ दिने निर्णय गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend