२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • महिला टोलीको प्रशिक्षक प्याट्रिकसँग एन्फाले गर्‍यो...

महिला टोलीको प्रशिक्षक प्याट्रिकसँग एन्फाले गर्‍यो १ वर्षको सम्झौता

महिला टोलीको प्रशिक्षक प्याट्रिकसँग एन्फाले गर्‍यो १ वर्षको सम्झौता

सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२०४:३८
सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२०४:३८
  • images

    काठमाडौं । बेल्जियमका प्याट्रिक डी वाइल्ड नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार महिला टोलीको प्रशिक्षकमा प्याट्रिकलाई नियुक्त गरेको जानकारी दिएको हो। 

    प्याट्रिकलाई तत्कालका लागि एक वर्षको जिम्मेवारी दिइएको हो। युईएफए प्रो लाइसेन्स प्याट्रिकले पहिलो पटक एसियामा राष्ट्रिय टोलीको जिम्मेवारी लिएका हुन्। उनले यसअघि क्लब फुटबल हेर्दै आएका थिए।

     
    नेपालमा पनि प्याट्रिकले एनएसएल क्लब काठमाडौ रेजर्स हेरेका थिए। त्यही समयदेखि नै प्याट्रिक नेपालको महिला टोलीको प्रशिक्षक बन्न इच्छुक थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend